२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी नचाहिने योजना आयोगको निष्कर्ष

अ+ अ-

काठमाडौँ । योजना आयोगले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी आवश्यक नरहेको निष्कर्ष निकालेको छ । कृषिमा विदेशी लगानीको सम्भाव्यता सम्बन्धी अध्ययन प्रतिवेदन-२०७९ सार्वजनिक गर्दै आयोगले सरकारले स्वदेशी कृषक र कृषि क्षेत्र सुधारका लागि ठूलो लगानी गरेको र नीतिगत लाभहरू प्रदान गरिरहेको अवस्थामा विदेशी लगानी आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

नेपालको कृषि क्षेत्रमा भएको लगानी, विज्ञका सुझाव र विभिन्न देशको अनुभवका आधारमा सरकारलाई यस्तो सुझाव दिइएको आयोगले जनाएको छ । कृषि क्षेत्रको प्राथमिक क्षेत्रबाट उत्पादन भएको वस्तुको मूल्य बढाउने दोस्रो क्षेत्रमा मात्रै विदेशी लगानी आवश्यक भएको आयोगको प्रतिवेदनमा भनिएको छ ।

नेपालमा कृषिजन्य उद्योगका क्षेत्रमा नेपाली साझेदारीमा केही लगानी भित्रिएको पाइएको छ । २०७७ सालमा सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गरेर दूध, कुखुरा पालन, पशुपालन लगायतका क्षेत्रमा ७५ प्रतिशत निर्यात गर्ने गरी प्रत्यक्ष विदेशी लगानी भित्र्याउने निर्णय गरेको थियो । तर, यसको निजी क्षेत्रले चर्को आलोचना गरेको थियो ।

विदेशी लगानी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सोही प्रकरणमा २०७७ माघमा सर्वोच्चले अल्पकालीन आदेश दिँदै विदेशी लगानी भित्र्याउने निर्णय कार्यान्वयन गर्न रोकेको थियो ।

अध्ययनअनुसार प्राथमिक क्षेत्रमा नपाए पनि आर्थिक वर्ष २०७७–७८ को अन्त्यसम्म नेपालमा विदेशी लगानीका लागि २९१ वटा कृषि र वन पैदावारमा आधारित उद्योगले प्रत्यक्ष लगानी स्वीकृत गराएका छन् ।

जसमा ७५ अर्ब ८८ करोड रुपैयाँ प्रस्तावित लगानी रहेको र यी उद्योगले १० हजार ५ सय २४ जनालाई रोजगारी सिर्जना गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस