प्रभु साहले आफ्नो पार्टीमा नाम राखेकोमा स्वतन्त्र सांसद साहको आपत्ति « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रभु साहले आफ्नो पार्टीमा नाम राखेकोमा स्वतन्त्र सांसद साहको आपत्ति


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमाले छाडेर स्वतन्त्र सांसद भएका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् । पार्टीले बिहीबार सार्वजनिक गरेको विभाग गठनको नामावलीप्रति किरण साहले आपत्ति जनाएका छन् । 

रौतहटबाट स्वतन्त्रमा जितेका किरण साहको नाम संसदीय विभागमा राखिएको छ । त्यसप्रति सांसद साहले आपत्ति जनाएका छन् । उनले आम जनता पार्टीमा आफ्नो नाम आफूलाई सोध्दै नसोधी राखेको बताए । 

आफूलाई आम जनता पार्टीसँग कुनै सरोकार नरहेको बताउँदै उनले त्यो पार्टीमा आफ्नो नाम राखेर बदनाम गर्न खोजेको बताए । आफू तत्कालै कुने दलीय राजनीति नगर्ने समेत उनले बताए ।​

सम्बन्धित समाचार : प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन, ५१ सदस्यीय तदर्थ समिति घोषणा 

Tags :
प्रतिक्रिया दिनुहोस