नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । राजधानीमा जारी रहेको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज बिहिबार दुई खेलहरु हुँदैछन् ।

बिहिबारको पहिलो तथा प्रतियोगिताको एघारौं खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्स बीच खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

तीन खेल खेलेको विराटनगरले पहिलो जितका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ । विराटनगर आज दोस्रो जितको खोजीमा रहेको छ ।

चार खेल खेलेर अंक बिहिन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा ४ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ ।

पहिलो र दोस्रो खेल जितेको जनकपुर तेस्रो खेलमा भने पराजित भएको थियो । जनकपुर चौथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

तीन खेल खेलेर १ जित हात पारेको फार वेस्ट चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । फार वेस्ट ३ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।

यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस