२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मावि तहको विज्ञापन खोल्ने तयारीमा शिक्षक सेवा आयोग 

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगले पुस अन्तिमभित्रमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ । अघिल्लो वर्षको विज्ञापनको नतिजा प्रकाशन गरिरहेको आयोगले पुस मसान्तभित्रमा माध्यमिक तहको नयाँ विज्ञापन आह्वान गर्ने भएको हो । पुस मसान्तभित्रमा मावि तहका लागि ६७० कोटामा विज्ञापन आह्वान गर्नेछ । जसमा अघिल्लो वर्ष छनौट हुन नसकिएका ३७० सिट र यो वर्ष ३०० गरेर ६७० स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गर्न लागिएको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

पुस महिनाभित्रमा मावि तहको नयाँ विज्ञापन आह्वान गर्ने आयोगको कार्यतालिका छ । सोही आधारमा तयारी भइरहेको उनको भनाइ छ । महालेखा नियन्त्रक कार्यालयले राजश्वको नयाँ भर्सन (सेकेन्ड भर्सन) सुरु गरेको छ । त्यही आधारमा आयोगले समेत आफ्नो राजश्व सङ्कलन सिस्टम अपडेट गरिरहेको छ । त्यो काम सकिएपछि विज्ञापन आह्वान गरिनेछ ।

पुस ५ गते गत वर्षको निमावि तहको अन्तर्वार्ता सकिएको थियो । अहिले त्यसको नतिजा निकाल्ने काम भइरहेको छ । निमावि तहको नतिजा प्रकाशनको काम सकिएपछि प्रावि तहको नतिजा निकाल्ने उनको भनाइ छ ।

प्राविको नतिजा निकाल्ने र माविको नयाँ विज्ञापन आह्वान गर्ने काम सँगसँगै गरिने उनको भनाइ छ । 

गत वर्ष पनि अनलाइनमार्फत नै राजश्व तिर्ने बनाइएको थियो । यो वर्ष त्यो सिस्टमलाई अपडेट गर्न लागिएको हो । गत वर्षको विज्ञापनमा कोटाभन्दा ३७० जना कम पास भएका थिए । यो वर्षको विज्ञापनमा जुन जुन समूहमा छनौट हुन सकेका थिएनन्, त्यसलाई पनि थप गरिनेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यो वर्ष ३ हजार ७०० स्थायी शिक्षक माग गरेको थियो । ३ हजार शिक्षक प्रावि, ४०० निमावि र ३०० शिक्षक माविका लागि माग गरेको थियो । सोही आधारमा आयोगले विज्ञापन आह्वान गर्नेछ । त्यसमा गत वर्ष छनौट हुन नसकेको कोटा पनि थप गर्ने आयोगको तयारी छ । 

आयोगले आर्थिक वर्ष २०७९-०८० का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको थियो । जसमा माध्यमिक तह तृतीय श्रेणीको शिक्षकको विज्ञापन पुस महिनाभित्रमा खोल्ने उल्लेख छ । त्यस्तै माघमा निम्न माध्यमिक तह तृतीय श्रेणीको र फागुनमा प्राथमिक तह तृतीय श्रेणीको विज्ञापन आह्वान गरिनेछ । कार्यतालिका अनुसार यही महिनाको अन्तिममा खोलिने मावि तहको विज्ञापनमा फागुनमा सामान्य परीक्षा र जेठ÷असारमा विषयगत परीक्षा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस