बागमती प्रदेश संसदीय दलको नेताका लागि बानियाँले दर्ता गरे उम्मेदवारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बागमती प्रदेश संसदीय दलको नेताका लागि बानियाँले दर्ता गरे उम्मेदवारी


१३ पुस २०७९, बुधबार


काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् ।

हेटौँडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ । समितिका अनुसार बिहान ८ बजेबाट उम्मेदवारी दर्ता खुल्ला हुनेछ भने उम्मेदवार दर्ताका लागि बिहान १० बजे सम्मको समयसीमा तोकिएको छ ।

दिउँसो २ बजेदेखि मतदान कार्यक्रम संचालन हुने निर्वाचन समितिका सयोजक महर्जनले जानकारी दिए। मतदानका लागि १ घण्टाको समय निर्धारण गरिएको छ । जस अनुसार दिउँसो ३ बजे मतदानको कार्यक्रम सम्पन्न हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस