विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्री लामिछानेको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्री लामिछानेको निर्देशन


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।

मन्त्री भएपछि गृह मन्त्रालयमा मङ्गलवार बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्न सक्ने कोभिड-१९ संक्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका गृह सचिव विनोदप्रकाश सिंहले जानकारी दिए।

सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिएका छन्। गृहमन्त्री लामिछानेकै अध्यक्षतामा उक्त बैठक बसेको थियो।

बैठकमा गृह सचिव तथा रक्षा सचिवसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।

सो क्रममा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले गृहमन्त्रीसमक्ष सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस