मेलौली नगरपालिकामा पाँच दिनदेखि लगाइएको ताला खुल्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मेलौली नगरपालिकामा पाँच दिनदेखि लगाइएको ताला खुल्यो


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । बैतडीको मेलौली नगरपालिकाको कार्यालयमा पाँच दिनदेखि लगाइएको ताला खुलेको छ।

मङ्गलवार जिल्लाका सुरक्षाकर्मी र तालाबन्दी गराउने पक्षबीच बसेको बैठकपश्चात् नगरपालिका कार्यालयमा लगाइएको ताला खुलाउने निर्णय भएको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक योगेश खत्रीले बैठकको निर्णयअनुसार नगरपालिका कार्यालयमा लगाइएको ताला खोलिएको हो।

तालाबन्दी खुलेसँगै सेवा प्रवाह सुचारु हुनेछन्।

पाँच दिन अघि मेलौलीमा अस्पताल निर्माण गर्ने विषयमा वडा नम्बर १ र ७ का स्थानीयबीच विवाद पछि झडप भएको थियो। सोही झडपमा स्थानीय ३५ जना घाइते भएका थिए।

घटनापछि थप अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक खत्रीको नेतृत्वको टोली पनि पाँच दिनदेखि मेलौलीमा छ।

दुवै वडाका स्थानीयहरूले आ-आफ्नो ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राख्दै सडक-यातायात बन्ददेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।

मङ्गलवार बसेको बैठकले नगर प्रमुख र उपप्रमुख नगरपालिकामा नफर्किउन्जेल यातायात र तालाबन्दी खुलाउने सहमति भएको प्रहरी निरीक्षक खत्रीले बताए।

मेलौली नगरपालिकाका सूचना अधिकारी सपना कार्कीले मेलौलीमा आधारभूत अस्पताल बनाउने विषयमा लामो समय देखि विवाद छ।

सोही विवादका कारण अस्पताल निर्माण भइसक्नुपर्ने समयसम्म यो योजना अलपत्र अवस्था छ। १५ शैय्याको अस्पताल निर्माण गर्ने विषयमा वडा नम्बर १ मा डिपिआर समेत भइसकेको त्यहाँका स्थानीयको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस