काठमाडौँ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ शान्तिकोट गोठालाचौकामा आज साँझ ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ट्याक्टर चालक छबिसपाथिभेरा-५ का मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । अर्का ट्याक्टरमा सवार धर्म धामी भने सकुशल रहेका छन् ।
झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको ट्याक्टर उकालो सडक भएकाले पछाडि सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।