७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय किताबखानाको पीआईएस प्रणाली पूर्ण सञ्चालनमा: महानिर्देशकको प्रतिबद्धता पूरा

अ+ अ-

राष्ट्रिय किताबखानाको पीआईएस प्रणाली लाइभ, १३ महिनापछि भाइरसको संकटबाट मुक्ति। महानिर्देशक पोखरेलको ४५ दिने प्रतिबद्धता पूरा, डिजिटाइजेसन र फेसलेस सेवामार्फत कर्मचारी र परिवारलाई छिटोछरितो सुविधा

काठमाडौँ । राष्ट्रिय किताबखाना(निजामती)ले निजामती कर्मचारीहरूको व्यक्तिगत तथा सेवा सम्बन्धी विवरण व्यवस्थापन गर्ने प्रमुख प्रणाली ‘पर्सनल इन्फर्मेसन सिस्टम (पीआईएस)’ लाई पूर्णरूपमा सञ्चालनमा ल्याएको छ। १३ महिनाअघि (२०८० चैत २३ गते) ‘सेक्सी र्‍यान्समवेयर’ भाइरसको आक्रमणबाट प्रभावित भएको यो प्रणाली सीमित पहुँचका साथ भीपीएन मार्फत सञ्चालन हुँदै आएको थियो। तर, आजबाट यो प्रणाली पूर्णरूपमा ‘लाइभ’ भएको छ।

मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा २०८१ फागुन ७ गते बसेको महानिर्देशकस्तरीय समन्वय बैठकमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले भाइरस आक्रमणबाट शिथिल पीआईएस प्रणालीलाई ४५ दिनभित्र पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही समय सीमाभित्र प्रतिबद्धता पूरा भएकोमा महानिर्देशक पोखरेलले खुसी व्यक्त गरेका छन्। उनले यो सफलताका लागि आइटी शाखा, एक्सन ग्रुप र संलग्न परामर्शदाताहरूलाई धन्यवाद दिए।

पीआईएस प्रणालीको महत्त्व र विभागको भूमिका
राष्ट्रिय किताबखानाले कर्मचारीहरूको व्यक्तिगत तथा सेवा सम्बन्धी विवरण अद्यावधिक गर्ने मुख्य जिम्मेवारी बोकेको छ। यसका साथै, कर्मचारी सम्बन्धी नीति निर्माण, प्रशासन सञ्चालन, सरुवा–बढुवा, सेवा–सुविधा व्यवस्थापन र सरोकारवाला निकायलाई आवश्यक सूचना उपलब्ध गराउने सूचना स्रोत केन्द्रको भूमिका पनि यो विभागले निर्वाह गर्छ।

विभागले बहालवाला तथा अवकाश प्राप्त कर्मचारीका लागि उपदान, पेन्सन, मृतक कर्मचारीका परिवारले पाउने पारिवारिक पेन्सन, शैक्षिक तथा सन्तति वृत्ति, सञ्चित बिदा र उपचार सुविधा बापतको रकम निर्धारण तथा अधिकार पत्र जारी गर्ने काम गर्छ। यी सेवाहरूका कारण निजामती कर्मचारी र तिनका परिवार विभागका मुख्य सेवाग्राही हुन्।

महानिर्देशक पोखरेलले बहालवाला र अवकाश प्राप्त कर्मचारी तथा तिनका परिवारले बिना झन्झट छिटोछरितो सेवा प्राप्त गर्ने वातावरण बनाउनु आफ्नो प्राथमिकता रहेको बताए। यसका लागि उनले विभिन्न सुधारका काम शुरू गरिसकेको जानकारी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई दिए।

सेवा सुधारका पहलहरू
राष्ट्रिय किताबखानाले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन विभिन्न कदम चालेको छ । 

डिजिटाइजेसनको सुरुवात: भौतिक फाइल खोज्ने बाध्यताको अन्त्य गर्न नयाँ ‘डेडिकेटेड सेक्सन’ स्थापना गरी डिजिटाइजेसनको काम शुरू भएको छ।

दैनिक निर्णयको डिजिटाइजेसन: प्रत्येक शाखाबाट हुने दैनिक निर्णयका फाइलहरू सम्बन्धित शाखाबाटै अनिवार्य रूपमा डिजिटाइज गर्ने कार्य शुरू भएको छ।

सेक्सन मर्जर: एकै बिन्दुबाट सेवा प्रवाहको व्यवस्था मिलाउन कार्य प्रकृतिअनुसार केही शाखाहरू मर्ज गरिएको छ।

पेन्डिङ फाइल शून्य अभियान: लामो समयदेखि निर्णय हुन नसकेका पेन्डिङ फाइलहरू टुङ्ग्याउन ‘जिरोइङ द पेन्डिङ फाइल्स’ अभियान सञ्चालनमा छ।

निर्णयमा ढिलाइ शून्य: जागिर जोड्नेरनजोड्ने विषयका निर्णयमा भइरहेको ढिलाइलाई शून्यमा झार्ने अभियान शुरू भएको छ।

आगामी योजनाहरू
महानिर्देशक पोखरेलले आगामी केही महिनामा बहालवाला र अवकाश प्राप्त कर्मचारी तथा तिनका परिवारले सेवा प्रवाहमा सुधार भएको अनुभूति गर्ने गरी काम भइरहेको पनि प्रशासनलाई बताए। निकट भविष्यमा केही सेवाहरूलाई ‘फेसलेस’ (अनुहाररहित) रूपमा प्रवाह गर्ने सम्भावनाको अध्ययन पनि भइरहेको उनले जानकारी दिए।

पीआईएस प्रणालीको पूर्ण सञ्चालनले निजामती कर्मचारीहरूको विवरण व्यवस्थापनमा ठूलो सहजता ल्याएको छ। महानिर्देशक पोखरेलको नेतृत्वमा राष्ट्रिय किताबखानाले सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र छिटोछरितो बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ। यी प्रयासले कर्मचारी र तिनका परिवारलाई सहज सेवा प्रदान गर्नुका साथै निजामती सेवाको कार्यक्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस