२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित गर्भपतन सेवा लिने बढे

अ+ अ-

नेपालगन्ज । पश्चिम नेपालमा सुरक्षित गर्भपतन सेवा लिने बढेका छन्। सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा निःशुल्क र सेवाग्राहीको पहिचान गोप्य राख्ने भएकाले स्वास्थ्य संस्थामै पुगेर सेवा लिनेको संख्या बढेको हो।

आइपास नेपालले विभिन्न साझेदार संस्थासँग सहकार्य गरेर लुम्बिनी प्रदेशका अर्घाखाँची, पाल्पा र रोल्पा, सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली, डडेलधुरा, डोटी र बाजुरा गरी ८ जिल्लामा सञ्चालन गरेको सुरक्षित गर्भपतन ईको सिस्टम परियोजनाले यस्तो जनाएको हो। परियोजनाले ८ जिल्लामा १ सय ५६ जना महिला र किशोरीलाई सामुदायिक अगुवा बनाएर यौन तथा प्रजनन स्वास्थ्य अधिकार, लैङ्गिक हिंसा, सुरक्षित गर्भपतन र परिवार नियोजनका विषयमा सचेतना फैलाएपछि सुरक्षित गर्भपतन गराउने बढेका हुन्।

आइपास नेपालले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलन अछामको सामाजिक अगुवा राधाकुमारी साउदले पहिले सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा छ भन्ने थाहा नपाएर पनि असुरक्षित गर्भपतन हुने गरेकोमा अहिले स्वास्थ्य संस्थामै सेवा लिने बढेका छन्। रोल्पामा सुरक्षित गर्भपतन सेवाको क्षेत्रमा काम गरिरहेकी पास नेपालकी कार्यक्रम संयोजक ममता खत्रीले पनि सुरक्षित गर्भपतन सेवाबाट महिलाले जानकारी पाएर लिन थालेको बताइन्।

आइपास नेपालका कार्यवाहक निर्देशक जगदिश्वर घिमिरेले महिला अगुवाको पहलमा सुरक्षित गर्भपतनका बारेमा समुदायको बुझाइले समाजमा परिवर्तन ल्याइरहेको बताए। निर्देशक घिमिरे भन्छन्, ‘सुरक्षित गर्भपतन गर्ने कति बढे रु परिवार नियोजनका साधन प्रयोग गर्ने कति बढे एकिन तथ्याङ्ककै रूपमा भन्न सकिन्न। सुरक्षित गर्भपतन बढाउन, गर्भ निरोधकका साधनको प्रयोग बढाउन र बालविवाह रोक्न सामाजिक अगुवा सफल भएका छन्।’

आइपास नेपालले सन् २००२ देखि नेपालमा सुरक्षित गर्भपतन तथा गर्भनिरोधका साधनको पहुँच बढाउन सरकारका विभिन्न निकायसँग समन्वय र सहकार्य गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस