२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख भन्सार अधिकृत बस्नेतसलाई सफाई

अ+ अ-

काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्ति र रिसवत मुद्दाका भन्सारका उपसचिव कृष्णबहादुर बस्नेतसहितलाई सफाई दिएको छ। बस्नेत, उनकी श्रीमती, जेठान, साली र उनकी छोरीसमेत प्रतिवादी रहेको करिब १० करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित मुद्दा दायर भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ मंसिर २०७६ मा मुद्दा दायर गरेकोमा शुक्रबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय बलभद्र बास्तोला र खुसी प्रसाद थारुको इजलासले यस मुद्दामा सफाई दिने आदेश गरेको हो। भोजपुर घर भई काठमाडौँको धुम्बाराही बस्दै आएका बस्नेतले सरकारी सेवामा रहँदा अकुत सम्पत्ति जोडेको आयोगको दाबी थियो।

बस्नेत २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवा प्रवेश गरेका हुन्। उनी पछिल्लो समय उपसचिवको रूपमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रूपमा कार्यरत  रहँदा आयोगले छानबिन थालेको थियो। २०७६ असारसम्मको आयव्यय विवरण हेर्दा उनले एक करोड ७८ लाख २० हजार रुपैयाँभन्दा बढी आय गरेको, तर तीन करोड १३ लाख रुपैयाँभन्दा बढी व्यय गरेको देखिएको थियो।

बस्नेतले प्रमुख भन्सार अधिकृत छँदा भन्सार छुटाउन रकम माग्ने, क्यारिङ व्यवसायीसँग रिसवत उठाउने, भन्सार एजेन्टसँग गैरकानुनी रकम माग्नेजस्ता कार्य गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। बस्नेतले आफ्ना जेठान नवीनकुमार गौली, उनकी श्रीमती सकुन्तला गौली र छोरा सुलभ गौलीको बैंक खातामा व्यापारीहरूलाई रकम राख्न लगाउने गरेको अख्तियारको दाबी थियो।

विभिन्न समयमा गरी ९ करोड २१ लाख ५२ हजार रुपैयाँभन्दा बढी उनीहरूको खातामा व्यापारीहरूले राखेको अख्तियारको अनुसन्धानले देखाएको थियो। बस्नेतले जेठान नवीनकुमारका नाममा जग्गा खरिद गरी बकसको रूपमा फिर्ता लिएका थिए। साथै यसरी जम्मा गरेको रकम गौलीकै नाममा विभिन्न कम्पनी तथा अन्य व्यवसायमा लगानी गरेको भेटिएको थियो। बस्नेतले नवीनका नाममा पठाएको रकम १० करोड ५६ लाखको स्रोत नखुलेपछि गौली परिवारलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर भएको थियो।

बस्नेतलाई मुख्य प्रतिवादी तथा जेठान नवीनलाई पनि मूल प्रतिवादीसरह नै सजाय मागदाबी गर्दै मुद्दा दायर भएको थियो। नवीनकी श्रीमती सविता गौली बस्नेतका नाममा चल-अचल सम्पत्ति राखेकाले उनी र उनका छोरा सुलभलाई पनि जफत प्रयोजनका लागि मुद्दा चलाइएको थियो।

प्रतिक्रिया दिनुहोस