२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक मृत्यु प्रकरण : सीआइबीको टोलीद्वारा अनुसन्धान सुरु, ११ जना शिक्षक र विद्यार्थी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)को टोली पाटन पुगेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट गएको शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेर अहिले सम्म शव बुझ्न मानेका छैनन् । यद्यपि शवको पोष्टमार्टम भने गरिसकिएको छ ।

सीआइबीको टोलीले बैतडी प्रहरीसंग मिलेर घटनाको संयुक्त रुपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले बताए । अनुसन्धानका लागि केही मानिसलाई नियन्त्रणलाई लिएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । यद्यपि कसलाई नियन्त्रणमा लिएको हो भन्ने कुरा प्रहरीले सार्वजनिक गरेको छैन् । ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले श्रोतले जनाएको छ ।

कृष्ण माविमा एकजना शिक्षकले आयोजना गरेको स्वागत भोजमा सरीक भएका शिक्षक बिष्ट भोलि पल्ट छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए ।

शिक्षक बिष्टको हत्या भएको भन्दै सोमबारदेखि जिल्लामा आन्दोलन चर्किएको छ । आज पनि विद्यार्थी र मृतकका आफन्तहरुले जिल्लाका विभिन्न स्थानमा प्रर्दशन गरेका छन् दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन् । मृतकका आफन्त तथा विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका छन् । उनीहरुले दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस