२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सट्टा बाजीमा सक्रिय नेपाली एजेन्ट बाट करोडौँ कारोबार

अ+ अ-

काठमाडौँ । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टा बाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् ।

एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टा बाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये सात बैङ्क खाताको कारोबार परीक्षण गर्दा एक वर्षको अन्तरालमा सट्टा बाजीमा रु साँढे दुई करोड बराबरको कारोबार गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्ट बाजीको एजेन्ट बनाएको प्रहरीको भनाइ छ । सट्ट बाजीमा प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत यसरी सट्टा बाजीको रकम सङ्कलन गर्ने कार्यमा चाँगुनारायण नगरपालिका– ९ ताथली बस्ने ३१ वर्षका सुनिल चौगुठी र सूर्य विनायक नगरपालिका–८ का २५ वर्षीय अजय भेल पक्राउ परेपछि तथ्य खुलेको हो ।

उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टा बाजी गर्न÷गराउन नहुने कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।

उनीहरूलाई वान एक्स बेटले खेलाडीमध्येबाट बढी रकम हारेका व्यक्तिको पहिचान गरी विभिन्न प्रलोभन देखाएर एजेन्ट बनाएको पाइएको छ ।

पक्राउ परेका व्यक्तिले सट्टा बाजी गराउन विगत एक वर्षदेखि एजेन्टको रूपमा काम गर्दै आएको खुलेको छ । सट्ट बाजीको रकम भने रेड्डी नामको एप्लिकेसन मोबाइलमा ‘इन्स्टल’ गर्न लगाई कारोबार गर्ने गरेको र त्यही रकम भुक्तानीको आधारमा कमिसन दिने गरेको पाइएको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका चौगुठीको २३ वटा बैङ्कको २५ वटा खाताको कारोबार विवरण माग गरिएकोमा हालसम्म सात बैङ्कमार्फत उनले एक वर्षको अवधिमा दुई करोड, ४५ लाख ७१ हजार आठ सय ९९ कारोबार गरेको खुल्न आएको र अन्य बैङ्कको विवरण प्राप्त हुने क्रममा रहेको कोइरालाले बताए ।

भेलको विभिन्न १९ बैङ्क खाताको कारोबार माग गरिएकोमा हालसम्म प्राप्त सात बैङ्कको खाताको विवरणमा करिब ६ महिनाको अवधिमा ६० लाख ३० हजार कारोबार भएको खुलेको छ । अनुसन्धानमा वान एक्स बेटमार्फत हुने कारोबार क्रिप्टोकरेन्सीको कारोबारसँग अन्तर सम्बन्धित रहेको पाइएको छ ।

सट्टा बाजी गर्ने समूह बढ्दो रहेको बताइएको छ । यसअघि मङ्सिर २८ मा पक्राउ परेका लमजुङका सुजन गौलीले उक्त सट्ट बाजीमा इसेवा, आइएमइ, खल्ती सेवाबाट मात्रै दुई करोड ३६ लाख कारोबार गरेको पाइएको छ ।

अनुसन्धानका क्रममा अन्य विभिन्न २६ डिजिटल वालेटमार्फत उनले झण्डै आठ करोड बराबरको कारोबार गरेको खुल्न आएकोमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मङ्सिर २६ पक्राउ परेका ललितपुरका आदर्श ठाकुरले पनि यस्तै एपमार्फत दुई करोड बढीको कारोबार गरेको फेला परेको थियो । उनी पनि प्रहरीको अनुसन्धानमै छन् । मङ्सिर २५ गते पाल्पाका रुद्रप्रसाद पोखरेल र भारतका पवनकुमार शर्मा काठमाडौँको नरदेवीबाट सट्टेबाजीकै कसूरमा पक्राउ परेका थिए ।

पछिल्ला घटनाक्रमले प्रविधिको दुरुपयोग तीव्र रूपमा बढिरहेको देखिएको र त्यहीमार्फत प्रलोभनमा परेर मानिस ठुलो रकम ठगीमा पर्ने गरेकाले त्यसबाट सतर्क रहनुपर्ने केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस