२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्मार्ट पालिका बन्दै काठमाडौँ महानगर

अ+ अ-

काठमाडौँ । लामो समय लाइनमा बसेर वडा कार्यालयबाट लिने विभिन्न सिफारिससँगै कर तिर्न भोगिरहेको झन्झटबाट काठमाडौँ महानगरबासीले राहत पाउने भएका छन् । महानगरपालिकाले सेवाग्राहीको सहजीकरणको लागि ‘काठमाडौँ महानगरपालिका सेवा प्रवाह’ नामक एपबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने तयारी पूरा गरेको छ ।

सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्न महानगरपालिकाले २८ औँ महानगर दिवसको अवसरमा सो एप सार्वजनिक गरेको हो । महानगरवासीलाई अधिकतम सेवा सहज रूपमा प्रदान गर्न डिजिटल सेवा सुरु गरिएको महानगरले जनाएको छ । 

सेवालाई सहजीकरण गर्न लागू गरिएको एपको प्रयोग गर्न सबै वडाका अध्यक्ष र कर्मचारीलाई तालिम प्रदान गरिसकिएको महानगर सूचना प्रविधि समितिले जनाएको छ । सामान्य खालका सिफारिस मोबाइल एपबाटै लिन सकिने पनि महानगरको भनाई छ । 

आवश्यक कागजात अपलोड गरेर महानगरले तोकेको सेवा शुल्क तिरेपछि डाउनलोड या प्रिन्ट गरी लिन सकिने गरी स्मार्ट सेवा दिन एप निर्माण गरिएको महानगर सूचना विभागका विभागीय प्रमुख नवराज ढकालको भनाइ छ । सेवाग्राहीको काममा प्रविधिको अधिकतर प्रयोगलाई सहज गराउन हरेक वडाध्यक्षलाई ट्याबसमेत प्रदान गरिसकेको ढकालले बताए ।

स्मार्ट पालिका सफ्टवेयर डेभलपरले तयार गरेको एपमा महानगरका विभिन्न महत्त्वपूर्ण जानकारी, आकस्मिक सम्पर्क, जन गुनासोलगायतका विषय पनि समेटिएको एप डेभलपर मनोहर भट्टराईले बताए । उनले जनताले एउटै एपबाट अधिकतम सुविधाको उपयोग गर्न पाउने गरी तयार भएको बताउँदै यसको प्रयोगबाट महानगरबासीले स्मार्ट पालिकाको स्मार्ट सेवा प्राप्त गर्ने दाबी गरे । उनका अनुसार यसअघि यस्तै प्रकृतिको सेवा वालिङ नगरपालिकामा सञ्चालन र प्रयोग भइसकेको छ भने त्यसको परिष्कृत संस्करणमा तयार गरिएको एप महानगरले सञ्चालनमा ल्याएको हो । 

एकदमै राम्रो सुरुआत भएको भन्दै वडाध्यक्षहरूले यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् । उनीहरूका अनुसार यसले वडा कार्यालयको ६० देखि ७० प्रतिशत सेवाग्राहीको चाप कम हुनेछ । 

प्रतिक्रिया दिनुहोस