२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत संयुक्त सैन्य अभ्यास शुरु

अ+ अ-

काठमाडौँ । नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास शुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिइएको उक्त सैन्य अभ्यास रुपन्देहीको सालझुण्डीमा आज (शुक्रबार) बाट शुरु भएको हो । 

नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यास ‘सूर्यकिरण’ को यो १६औँ संस्करण हो । सैन्य अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना फौज सहभागी रहेका छन् ।

भारतीय सेनाको तर्फबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना फौज सहभागी छन् । सैन्य अभ्यासको सालझुण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन् ।

गत वर्ष सैन्य अभ्यासको १५ औँ संस्करण भारतको पिथौरागढमा भएको थियो । नेपाल र भारतका फौजबीच २०६७ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ । अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृति प्रकोप, पर्यावरण संरक्षणमा केन्द्रित हुनेछ । १४औँ संस्करण कोरोना भाइरस संक्रमणको जोखिमका कारण भएको थिएन ।

शुक्रबारबाट शुरु भएको सैन्य अभ्यास पुस १४ गतेसम्म चल्ने छ । नेपाली सेनाले अमेरिकी र चिनियाँ जनमुक्ति सेनासँग समेत सैन्य अभ्यास गर्दै आएको छ । कोरोना संक्रमणपछि नेपाली सेनाले भारत र अमेरिकासँग नियमित रूपमा सैन्य अभ्यास गरिरहेको छ । नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास भने अहिले रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस