२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभामा सबैभन्दा कान्छी सांसद निशा 

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको २ सय ७५ जना सांसदमध्ये सबैभन्दा कान्छी सांसदको ‘ताज’ राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले पाएकी छिन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट डाँगी सबैभन्दा कम उमेरकी सांसद बनेकी हुन्। उनको उमेर २५ वर्ष मात्रै छ।

प्रतिनिधिसभाको सदस्य बन्नका लागि न्यूनतम २५ वर्ष हुनुपर्ने संवैधानिक व्यवस्था छ। उनले आवश्यक न्यूनतम उमेर मात्रै पूरा गरेकी छिन्।

आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको १ सय १० जना सांसदको विवरण बुधबार सार्वजनिक गरेको छ। उनको स्थायी घर झापाको भद्रपुर-१ हो।

यसअघि प्रत्यक्षतर्फका १ सय ६५ जना निर्वाचित सांसदमध्ये स्वतन्त्र पार्टीकै सोविता गौतम थिइन्। उनको उमेर २७ वर्ष मात्रै छ। दोलखाकी गौतम काठमाडौँ २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन्।

त्यस्तै दोस्रो कम उमेरकी सांसदका रूपमा स्वतन्त्र पार्टीकै विनीता कठायत आएकी छिन्। समानुपातिकबाट निर्वाचित भएकी उनी २६ वर्षकी मात्रै हुन्। उनको स्थायी ठेगाना चन्दननाथ नगरपालिका-५ जुम्ला हो।

त्यस्तै जनमत पार्टीबाट २८ वर्षे विनीताकुमारी सिंह निर्वाचित भएकी छिन्। उनको स्थायी घर औरही गाउँपालिका ४ सिरहा हो।

राप्रपाबाट २८ वर्षे अनिशा नेपाली पनि कम उमेरमै सांसद बनेकी छिन्। दार्मा गाउँपालिका ४ सल्यानकी अनिशा राप्रपाको दलित कोटाबाट प्रतिनिधिसभाको सदस्य भएकी हुन्।

काँग्रेसबाट निर्वाचित २९ वर्षे योगेश गौचन थकाली अर्का कम उमेरका सांसद हुन्। उनी मुस्ताङबाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन्। माओवादीको समानुपातिक तर्फबाट निर्वाचित छिरिङ लामु तामाङ पनि कम उमेरकी सांसद भएकी छिन्।

उनको उमेर ३० वर्ष मात्रै छ। प्रतिनिधिसभामा ३० वर्षभन्दा कम उमेरका सांसदको संख्या ७ हुने भएको छ जसमा ५ जना समानुपातिकबाट आएका हुन् भने दुई जना प्रत्यक्ष निर्वाचनबाट आएका हुन् । 

प्रतिक्रिया दिनुहोस