बहुविवाह गरेकालाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बहुविवाह गरेकालाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ता केदार लुइँटेलले बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

निर्वाचन आयोगमा निवेदन दर्ता गराउँदा समेत बहुविवाह गरेका व्यक्तिहरूलाई समानुपातिकको सूचिबाट हटाउने निर्णय नभएको दायर रिटमा उल्लेख छ ।

रिट निवेदनमा बहुविवाह गरी समानुपातिकको सूचीमा परेका व्यक्तिहरू, निर्वाचन आयोग तथा सम्बन्धित राजनीतिक दलहरुलाई समेत विपक्षी बनाइएको छ ।

कानुनले कसूरदार मानेका व्यक्तिहरूलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन र उनीहरूमाथि कानुन बमोजिम कारबाही गर्न समेत रिट निवेदनमा माग गरिएको छ।

सो रिटमा आइतबार सुनुवाइ हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस