बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, एमालेका थापा १११२ मतले पछि « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, एमालेका थापा १११२ मतले पछि


१६ मंसिर २०७९, शुक्रबार


कैलाली । बाजुरामा मत गणना जारी छ । नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

पाण्डेले ५ हजार १०६ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले चार हजार १२९ मत ल्याएका छन् । दुबैबीच १ हजार ११२ मतको अन्तर छ ।

मङ्सिर ४ गते धाँधली भएको भन्दै रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि हिजो साँझबाट सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस