नयाँ सरकारले जनताको आकाङ्क्षा पूरा गर्छ : गृहमन्त्री खाँण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नयाँ सरकारले जनताको आकाङ्क्षा पूरा गर्छ : गृहमन्त्री खाँण


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नयाँ सरकारले जनताको इच्छा र आकाङ्क्षा पूरा गर्ने बताएका छन् । 

बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरूलाई धन्यवाद दिँदै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरूले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकाङ्क्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन् ।

उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामूहिक प्रयत्न गर्ने पनि बताए । उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए । 

उनले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्बन गर्ने प्रतिबद्धता जनाए । 

गृहमन्त्री खाँणले निर्वाचनका क्रममा केही सुरक्षाकर्मी र नागरिकहरूको निधन भएको भन्दै उनीहरूको परिवारलाई भरण पोषणका लागि सरकारले राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस