भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । भारतबाट पेट्रोल र डिजेलको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ घटाएर पठाएको छ। बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रुपैयाँभन्दा बढी नाफा छ।

त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रुपैयाँ नाफा हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस