स्रोत नखुलेको ११ लाखभन्दा बढी रकमसहित रौतहटमा दुई पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्रोत नखुलेको ११ लाखभन्दा बढी रकमसहित रौतहटमा दुई पक्राउ


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सशस्त्र प्रहरी बल रौतहटले स्रोत नखुलेको लाखौँ रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

सशस्त्र प्रहरी बलको टोलीले रौतहटको गौर नगरपालिका ५ बरहवा पुल नजिक प्रदेश ३-०२ ०१३ प ४९५६ नम्वरको कालो रङ्गको पल्सर मोटरसाइकल र त्यसमा सबार दुई जनाबाट ११ लाख ३९ हजार नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

शङ्का लागी चेकजाँच गर्दा गढीमाई नगरपालिका ४ सङ्ग्रामपुरका २९ वर्षीय राजकुमार यादव र सोही नगरपालिका-९ बरियारपुरका ३३ वर्षीय राजेशप्रसाद यादवलाई खानतलासी गर्दा दुवै जनाबाट स्रोत नखुलेको रकम बरामद भएको हो।

रकमको स्रोत खुलाउन नसकेपछि दुवै जनालाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालको ११ नम्बर गण हजमिनिया रौतहटले जनाएको छ।

रौतहटमा समय समयमा स्रोत नखुलेको रकमसहित मानिस पक्राउ पर्ने गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस