बालेनसहित मधेसी समुदाय लक्षित अपमानित भिडियोबारे छानबिन गरी कारबाही गर्न पत्राचार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालेनसहित मधेसी समुदाय लक्षित अपमानित भिडियोबारे छानबिन गरी कारबाही गर्न पत्राचार


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । मधेसी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियोप्रति मधेसी आयोगले कारवाहीको प्रक्रिया अगाडी बढाउन पत्राचार गरेको छ । 

मधेसी समुदायका अगुवाहरूले आयोगमा दिएको उजुरीका आधारमा आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले प्रशासनलाई बताए ।

काठमाडौँ महानगरपालिकाले सुकुम्वासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिहरूले मेयर बालेन शाह र मधेसी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

आयोगका अध्यक्ष डा. दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारबाही गर्न पत्राचार गरेको बताए । अध्यक्ष डा.दत्तले समाजमा चेतनाको स्तर अझै पनि नबढेको र जातीय क्षेत्रीयताका आधारमा मधेसी समुदायले समय-समयमा यस्ता विभेदपूर्ण कुराहरूको सामना गर्नु परिरहेको बताएका छन् ।

अध्यक्ष डा.दत्तले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाहरूले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीहरू प्रति आफू सचेत रहेको र आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको समेत बताएका छन् । अध्यक्ष डा.दत्तले समुदाय प्रति प्रहार नगर्न सबैलाई अनुरोध समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस