२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा ग्रेडरले च्यापेर बालिकाको मृत्यु, विद्यार्थी र स्थानीय आन्दोलित

अ+ अ-

काठमाडौँ । धनगढीमा ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी प्रहरीले जनाएको छ।

उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिक ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा साइकलयात्री साउँदलाई सामान्य चोट लागेको थियो।

सामान्य चोट लागेकी बालिकालाई ग्रेडर चालकले पुन: ब्याक गरेर जबरजस्ती मारेको प्रत्यक्षदर्शीले बताएका छन्।  रोक् भनेर आग्रह गर्दा पनि नमानेर च्यापेको स्थानीयको आरोप छ।

चालक चितवन भरतपुर महानगरपालिका-२८ बस्ने २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

साउँदको शव घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

अहिले मृतक बालिका पढ्ने विद्यालयका विद्यार्थी र स्थानीयले घटनास्थलमा प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस