अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए।

बजार सुधारका लागि आफूहरू खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनु नपर्नेमा जोड दिए। ‘समस्या समाधानका लागि हामी खुला छौँ। केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ’, गभर्नर अधिकारीले भने।

गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष ६ अर्ब बचत रहेको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस