विरोध प्रदर्शनमा वाग्मती किनारका सुकुम्वासी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विरोध प्रदर्शनमा वाग्मती किनारका सुकुम्वासी


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । उचित विकल्पबिना नै आफूहरूलाई उठिबास लगाउन खोजिएको भन्दै वाग्मती किनारका सुकुम्वासीहरूले बुधबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्र सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको नेतृत्वमा उनीहरूले काठमाडौँको भृकुटीमण्डपदेखि विभिन्न स्थानसम्म विरोध प्रदर्शनसहित र्‍यालीको आयोजना गरेका हुन् । 

उनीहरूले आफूहरूको बस्ती हटाउने महानगरको कामको विरोध गर्दै नाराबाजी गरेका थिए । राज्यले यसअघि सुकुम्वासीसँग गरिएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । 

सोमबार काठमाडौँ महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्वासी बस्तीमा झडप भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस