२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैंगिक हिंसाविरुद्धको अभियान चलाउन गाउँपालिका अध्यक्षले गरे नगद सहयोग

अ+ अ-

दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सचेतना जगाउन भन्दै दुई सहकारी संस्थाहरूलाई व्यक्तिगत रूपमा १५-१५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

आफूले पाउने मंसिर महिनाको सेवा सुविधाबाट राप्ती–३, मसुरियास्थित भृकुटी महिला विकास सहकारी संस्था र राप्ती–८ पिपरीस्थित लक्ष्मी महिला विकास सहकारी संस्थालाई अध्यक्ष विष्टले १५–१५ हजारको दरले ३० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

‘सभ्य समाजको पहिचान स् लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाको सभाहलमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रममा अध्यक्ष विष्टले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले लैंगिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको भन्दै त्यसका लागि महिला संघ संस्थाको अहम् भूमिका रहनु पर्ने बताए । पारिवारिक कलह एवं घरेलु हिंसाको मुख्य कारक मदिरा सेवन पनि रहेकाले यसको नियन्त्रणका लागि स्वयं महिलाहरू एकजुट र सचेत रहनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले समाजमा सचेतना फैलाउन आग्रह गर्दै शिक्षाको माध्यम र सचेतनाबाट यसलाई नियन्त्रण गर्न सकिने बताइन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विक, मोटिभेसनल स्पिकर राजन अधिकारी, भृकुटी महिला विकास सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने, प्रमेश्वरी ज्ञवाली लगायतको सहभागिता थियो ।