२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माया खोला हाइड्रोपावरको आइपिओ खुला हुँदै

अ+ अ-

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ ।  त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभाको चैनपुर नगरपालिका–८ र ९, धर्मदेवी नपा–३, ४ र ५ तथा मादी नपा–४ र ६ का बासिन्दाका लागि छुट्याइएको छ । त्यस्तै आयोजना अति प्रभावित क्षेत्रबाहेक सङ्खुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।  

निष्कासन गरिने शेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम् १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

निष्कासन गरिने शेयरमा स्थानीय बासिन्दाले प्राइम कमर्सियल बैंक, नेपाल एससबआई बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडबाट शेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत शेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बिबिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस