नेप्सेमा सामान्य वृद्धि, कति पुग्यो कारोबार ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेप्सेमा सामान्य वृद्धि, कति पुग्यो कारोबार ?


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । मङ्गलवार (आज) सेयर बजार सूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । मौद्रिक नीतिको समीक्षा लगत्तै सोमबार १५ अङ्कले घटेको बजारमा मङ्गलवार मुस्किलले २.९९ अङ्कले वृद्धि हुँदै नेप्से सूचक १९५३.३५ अङ्कमा उक्लिएको हो । तर, यता कारोबार भने अर्ब तल झर्न पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजारमा कुल ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १५ अङ्कले घटेको बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज डेभलपमेन्ट बैङ्क, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बैङ्किङ, होटेल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी आज धौलागिरि लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरूले ६.१० प्रतिशतले कमाएका छन् भने एनआईसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताहरूले ४.६० प्रतिशतले गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस