समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ ।

समानुपातिक तर्फको मङ्गलवार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार नेकपा एमालेले २५ लाख ८६ हजार मतसहित आफ्नो अग्रता कायम राखेको छ ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत प्राप्त गरेर तेस्रो स्थानमा छ । यस्तै २४ लाख ५३ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत पाउँदै चौथो स्थान हासिल गरेको छ ।

यस्तै राप्रपाले ५ लाख ५२ हजार मत पाएका छन् भने जसपाको मत ३ लाख ५८ हजार रहेको छ । जनमत पार्टीले ३ लाख १ हजार मत पाएको छ । त्यसैगरी एकीकृत समाजवादी पार्टीले २ लाख ६४ हजार मत पाएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस