थापाथलीको सुकुम्वासी बस्ती हटाउने क्रममा एसपीसहित ‘२५ नगर प्रहरी घाइते’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थापाथलीको सुकुम्वासी बस्ती हटाउने क्रममा एसपीसहित ‘२५ नगर प्रहरी घाइते’


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने क्रममा स्थानीय प्रतिकारमा उत्रिएका छन् । उनीहरूले ढुंगामुढा गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन लागेको हो । त्यसक्रममा स्थानीयको ढुङ्गा लागी करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरीका एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

एसपी पाण्डे समेत घाइते भएका छन् । ढुङ्गा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ ।

स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थिति तनावग्रस्त बनेको छ । सो क्षेत्रमा सुरक्षाका लागि ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस