गठबन्धनको सरकार बनाउने ‘मुड’मा देउवा, आज पनि बालुवाटारमा प्रचण्ड र माधव नेपालसँग छलफल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

गठबन्धनको सरकार बनाउने ‘मुड’मा देउवा, आज पनि बालुवाटारमा प्रचण्ड र माधव नेपालसँग छलफल


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । चुनावी परिणाम अन्तिम चरणमा पुगेपछि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँगको छलफल बढाएका छन्।

सोमबार बिहान माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका देउवाले त्यस लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेका छन्। भेटमा समसामयिक राजनीतिको बारेमा कुरा भएको बताइएको छ।

तर, चुनावी नतिजा प्राप्त भएपछि देउवाले नयाँ सरकारको कसरत अघि बढाएका छन्। उनले सरकार गठनकै विषयमा गठबन्धन दलका नेतृत्वसँग एक चरण छुट्टाछुट्टै छलफल गरेर अनि गठबन्धन बैठक बोलाउने तयारी अनुरूप प्रचण्ड र माधव नेपालसँग संवाद गरेका हुन्।

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ अब जम्मा ७ क्षेत्रको मात्र नतिजा आउन बाँकी रहेको बेला नयाँ सरकार गठन, प्रदेश सरकार गठन लगायतका विषयमा गठबन्धनको मुड बुझ्न देउवाले संवाद गरेका हुन्। यसअघि शनिबार पनि देउवा र प्रचण्डबिच छलफल भएको थियो।

चुनावी परिणामले गठबन्धन मिलेर जाने जनादेश दिएको भन्दै यही गठबन्धनले नयाँ सरकार बनाउने देउवाले बताइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस