चाक्सीवारिमा प्रकाशमान र प्रदीपबिच बधाई साटासाट, भेटमा यस्तो भयो छलफल ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चाक्सीवारिमा प्रकाशमान र प्रदीपबिच बधाई साटासाट, भेटमा यस्तो भयो छलफल !


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ निर्वाचित काँग्रेस नेता प्रकाशमान सिंह र क्षेत्र नम्बर ५ बाट निर्वाचित नेता प्रदीप पौडेलेले बधाई साटासाट गरेका छन्।

नेता पौडेल आइतबार दिउँसो प्रकाशमानलाई भेट्न उनको निजी निवास चाक्सीवारि पुगेका थिए।

काठमाडौँ–१ मा प्रकाशमानले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र काठमाडौँ ५ मा पौडेले नेकपा एमालेका वरिष्ठ उपाध्यक्षलाई हराएका थिए।

उनीहरूबिच बधाई साटासाट भएको थियो। काठमाडौँको समग्र विकासका लागि आफूहरू सल्लाह गरेर अघि बढ्ने छलफल भएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस