चिनिया राष्ट्रपति सी चिनफिङको राजीनामा माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिनिया राष्ट्रपति सी चिनफिङको राजीनामा माग


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । चीनमा कोभिड संक्रमण नियन्त्रणका लागि सरकारको पालना गरेको कडा नीतिहरुविरुद्ध विरोध प्रदर्शन बढ्न थालेको छ । तीमध्ये केही प्रदर्शनकारीले सार्वजनिक रूपमै कम्युनिस्ट पार्टीका नेताहरू माथि रिस पोख्न थालेका छन् । 

सांघाई सहरमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । बीबीसीका पत्रकारहरूले त्यहाँ थुप्रै प्रदर्शनकारीलाई प्रहरीका कारमा कोचिएको प्रत्यक्ष देखेका छन् ।

विद्यार्थीहरूले पनि बेइजिङ र नानजिङका विश्वविद्यालयहरूमा कोभिडसम्बन्धी कडा नीतिविरुद्ध विरोध प्रदर्शन गरेका छन् । चीनको विकट उत्तर–पश्चिमी सहर उरुम्कीमा प्रदर्शन भएयता पछिल्लो अस्थिरता सुरु भएको हो । सो सहरमा एउटा टावर ब्लकमा आगलागी भएर १० जना मानिसको ज्यान जानुपछाडि लकडाउनका नियमहरूलाई दोष दिइएको थियो । 

तर, चिनियाँ स्थानीय प्रशासनले भने ती व्यक्तिका मृत्युको कोभिडको कडा नियमसँग कुनै सरोकार नरहेको जनाएको छ । 

उरुम्कीका अधिकारीहरुले हालै एउटा विज्ञप्ति जारी गर्दै बिस्तारै कडा नियमहरू हटाउँदै त्यहाँ शान्ति र स्थिरता पुनः स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । 

यसैगरी, शनिबार बेलुका चीनकै सबैभन्दा ठूलो सहर सांघाईमा भएको प्रदर्शनमा मानिसहरूले खुलेरै “सी चिनफिङ राजीनामा देउ” र “कम्युनिस्ट पार्टी राजीनामा देउ” जस्ता नारा लगाएका बीबीसीले लेखेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस