अब पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाँण « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

अब पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाँण


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन्।

चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी उनको छ।

खाँण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए। उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिए।

भैरहवामा आज भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाँणले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी गरेका थिए।

‘अब गठबन्धनकै सरकार बन्छ। पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ,’ उनले भने, ‘नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ।’ अब बन्ने सरकार ५ वर्षसम्म टिक्ने पनि उनले बताए।

उनले अब प्रधानमन्त्री को बन्ने भन्ने सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा बसेर टुङ्गो लगाउने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस