राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी हुँदा कार्यालयका समाना जलेर नष्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी हुँदा कार्यालयका समाना जलेर नष्ट


११ मंसिर २०७९, आइतबार


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।

शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ ।

घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।

कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको थियो । सम्पर्क कार्यालय भएकोले त्यति ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस