विश्वकपमा आज चार खेल हुँदै, को-को भिड्दै छन् ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्वकपमा आज चार खेल हुँदै, को-को भिड्दै छन् ?


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । फिफा विश्वकपमा आज (आइतबार) समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी चार खेल हुँदै छन् ।

कतारको अहमेद बिन अलि रङ्गशालामा हुने आजको पहिलो खेलमा समूह ‘ई’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

अल थुमामा रङ्गशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एफ’ को बेल्जियमले मोरोक्कोविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ ।

यसैगरी राति ९ः४५ बजेदेखि खलिफा रङ्गशालामा सुरु हुने आजको तेस्रो खेलमा समूह ‘एफ’ मा रहेको साबिक उपविजेता क्रोएसियाले क्यानडाविरुद्ध खेल्नेछ ।

यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ‘इ’को स्पेनले जर्मनीसँग खेल्ने छ । यो खेल कतारको अल बायत रङ्गशालामा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस