कर्मचारी लैजान उपल्लो डोल्पा पुगेको सेनाको हेलिकप्टरद्वारा गर्भवती महिलाको उद्धार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी लैजान उपल्लो डोल्पा पुगेको सेनाको हेलिकप्टरद्वारा गर्भवती महिलाको उद्धार


१० मंसिर २०७९, शनिबार


डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाबाट नेपाली सेनाले गर्भवती महिलाको उद्धार गरेको छ।

डोल्पोबुद्ध गाउँपालिका वडा नं ५ तिन्जे बस्ने २५ वर्षीया छिरिङ लामाको सेनाको हेलिकप्टरबाट उद्धार गरेर सदरमुकाम दुनै स्थित जिल्ला अस्पताल पुर्‍याइएको हो।

प्रसव पिडामा छटपटाइरहेकी लामा जिल्ला अस्पताल पुग्न हिँडेर चार–पाँच दिन लाग्ने भएकाले पनि मानवीय संवेदनालाई ख्याल गरी सेनासँग समन्वय गरेर हेलिकप्टरमा दुनै झारिएको हो ।

उपल्लो डोल्पामा सुरक्षित सुत्केरी गराउन असम्भव भएपछि उनको सुरक्षित सुत्केरीका लागि सदरमुकाम झारिएको हो। निर्वाचनमा खटिएका कर्मचारी लैजान उपल्लो डोल्पा पुगेको सेनाको हेलिकप्टरले गर्भवती महिलाको उद्धार गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस