समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो ।

१२:५३ सम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख १ हजार ५२४ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९९ हजार ३२० पाएको छ ।

पहिलो स्थानमा रहेको नेकपा एमालेले १८ लाख ९६ हजार ७३१ मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १८ लाख २९ हजार ७९१ मत पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस