सुदूरपश्चिममा काँग्रेस बन्यो ठूलो दल, अरू दलले कति सिट जिते ?  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिममा काँग्रेस बन्यो ठूलो दल, अरू दलले कति सिट जिते ? 


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको परिणाम अनुसार प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको ३२ सिटमध्ये हालसम्म घोषित ३० सिटमा काँग्रेसले ११ सिट जितेर सबैभन्दा ठूलो दल बनेको हो ।

प्रदेशका नौ जिल्ला मध्य ८ जिल्लाको मतगणना सम्पन्न भएपनि बाजुरामा गत ४ गतेको निर्वाचनमा एक मतदान केन्द्रको चुनाव स्थगित भएका कारण प्रदेशसभा सदस्यका दुवै क्षेत्रको मतगणना सुरु भएको छैन ।

अहिलेसम्म प्रत्यक्षतर्फ माओवादी केन्द्रले ८, नागरिक उन्मुक्ति पार्टीले ५, नेकपा एमालेले तीन र नेकपा एकीकृत समाजवादीले दुई सिट जितेको छ । एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

काँग्रेसले कैलाली र कञ्चनपुरमा ३र३, अछाममा २, तथा बझाङ, दार्चुला र बैतडीमा एक-एक प्रदेशसभा सदस्य सिट जितेको छ ।

माओवादी केन्द्रले अछाममा दुई सिट तथा डडेल्धुरा, दार्चुला, कञ्चनपुर, कैलाली, डोटी र बझाङमा एक-एक सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले कैलालीमा पाँच सिट जितेको छ ।

एमालेले बैतडी, कञ्चनपुर र डोटीमा एक-एक सिट जितेको छ । एकीकृत समाजवादीले कैलाली र कञ्चनपुरमा एक-एक सिट जितेको छ ।

डडेल्धुरा (ख) बाट स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले जितेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस