समानुपातिकमा एमालेले कटायो १० लाख मत, कसको कति ? « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

समानुपातिकमा एमालेले कटायो १० लाख मत, कसको कति ?


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ ।  समानुपातिक तर्फ नेकपा एमालेले १० लाख मत कटाएको छ। 

निर्वाचन आयोगमा प्रविष्ट पछिल्लो परिणाम अनुसार एमालेले १० लाख ४ हजार १ सय ६३ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसको ९ लाख ६६ हजार ९ सय ८९ मत छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत पाएको छ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रको ४ लाख ४२ हजार ३८ मत छ। पाँचौँ स्थानमा रहेको राप्रपाको २ लाख ५५  हजार ५६ मत आएको छ।

त्यस्तै, जनता समाजवादी पार्टीको १ लाख २७ हजार मत छ।  नेकपा एकीकृत समाजवादी पार्टी सीके राउतको जनमत पार्टी भन्दा पछाडि छ उसको ७१ हजार २ सय १४ मत छ भने जनमतको ७५ हजार मत आएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस