यो जित अग्रगामी जनताको हो : अर्थमन्त्री शर्मा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

यो जित अग्रगामी जनताको हो : अर्थमन्त्री शर्मा


९ मंसिर २०७९, शुक्रबार


रुकुमपश्चिम । रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिएका छन् ।

निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिदैँ उनले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टीसमेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाएका छन् ।

नेकपा (माओवादी केन्द्र)का नेता अर्थमन्त्री शर्माले उत्पादन, रोजगार, समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन साझा प्रयास हुने बताएका छन् ।

यसका साथै रुकुमेली जनताको अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पूरा गर्न इमानदारीपूर्वक प्रयास गर्ने उनले उल्लेख गरेका छन् ।

निर्वाचनमा अमूल्य दिने मतदाता, पार्टी, निर्वाचन सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रमुख निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा प्रमुखसहित समस्त राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी, देश–विदेशमा रहेका शुभचिन्तकलाई उनले धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस