नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कति पुग्यो कारोबार ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कति पुग्यो कारोबार ?


८ मंसिर २०७९, बिहिबार


शेयर बजार

काठमाडौँ । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अङ्कको सुधार भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मङ्गलवारदेखि मात्रै खुलेको थियो । मङ्गलवार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अङ्कले बढेर बन्द भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से ११.५६ अङ्क (०.६० प्रतिशत) ले बढेर १९३३.५५ अङ्कमा बन्द भएको छ । बिहीबार निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि भएका छन् । निर्जीवन बीमा उपसूचक भने ०.०४ प्रतिशतको सामान्य गिरावट भएको छ । बजार परिसूचकमा सुधार भए पनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन । बिहीबार बजारमा कुल २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजारको कारोबार भएको छ ।

जसमध्ये साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको सर्वाधिक ७ करोड ६२ लाख ४८ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख ४१ हजार र एनआईसी एसिया बैङ्कको २ करोड ९३ लाख ७ हजारको कारोबार भएको छ । बिहीबार बजारमा कुल १९० कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४९ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १७ कम्पनीको भने स्थिर छ ।

बिहीबार कारोबार भएकामध्ये घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सवार्धिक ६.८३ प्रतिशतले वृद्धि हुँदा आरएमडीसी लघुवित्तको ६ प्रतिशत, साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको ४.८९ तथा साना किसान लघुवित्तको सेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ ।

यता किसान लघुवित्तको सेयर मूल्य २.८९ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य २.०८ प्रतिशत तथा समता घरेलु लघुवित्तको सेयर मूल्य १.९७ प्रतिशतले गिरावट भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस