२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जयनगर-कुर्था : तीन चरणमा रेल सेवा चल्ने

अ+ अ-

काठमाडौँ । जयनगर-कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ ।

मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी मङ्सिर ११, १२ र १३ गतेसम्म रेल सेवा दैनिक तीन सिफ्ट चलाइने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । 

विवाह पञ्चमी मेला महोत्सवका लागि आउने धार्मिक तीर्थयात्री तथा भक्तजनको सुविधालाई मध्यनजर गरी तीन दिन बिहान ८ः३० बजे जयनगरबाट कुर्था, बिहान १०ः४५ बजे कुर्थाबाट जयनगर, पुनः १२ः३० बजे जयनगरबाट जनकपुरधाम, दिउँसो १ः४० जनकपुरबाट जयनगर तथा दिउँसो ३ बजे जयनगरबाट कुर्था र बेलुका ५ः१५ बजे कुर्थाबाट जयनगर रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए ।     

जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर-कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गरेका थिए। त्यसयता रेल सेवा दैनिक दुई पटक आउने र दुई पटक जाने गरिरहेको छ ।