महानगरका कर्मचारीलाई अभिमुखीकरण, तथ्याङ्क राख्न ‘सूत्र’ प्रयोग गर्न विभागको आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महानगरका कर्मचारीलाई अभिमुखीकरण, तथ्याङ्क राख्न ‘सूत्र’ प्रयोग गर्न विभागको आग्रह


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । राजस्व विभागले काठमाडौँ महानगरपालिकालाई राजस्व र सब-नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सूत्र)सम्बन्धी दुवै सफ्टवेयरमा वित्तीय तथ्याङ्क राख्न आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिकाका वडाहरूले राजस्व र ‘सूत्र’सम्बन्धी दुवै सफ्टवेयरमा वित्तीय तथ्याङ्क राख्न विभागले आग्रह गरेको हो । राष्ट्रिय सभा गृहमा बुधबार वडा सचिव, लेखा तथा राजस्वमा काम गर्ने कर्मचारीका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा यस्तो आग्रह भएको हो ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले महानगरले सञ्चालनमा ल्याएको राजस्व प्रणाली अन्य पालिकाहरूका लागि पनि प्रयोग योग्य भएको बताए ।

त्यस क्रममा राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारीले परिचय पाटी अन्तर्गत राजस्व सङ्कलन गर्दा वडाहरूले ३० बर्गफुटभन्दा ठूलो वोर्डको राजस्व नलिन आग्रह गरे ।

त्यसैगरी महाशाखा प्रमुख प्रवीण प्याकुरेलले नगदी रसिद दिँदा बैङ्कमा रकम जम्मा भएको यकिन गरेर मात्र दिनु पर्ने, राजस्व सफ्टवेयरमा मात्र तथ्याङ्क राखेर नहुने ‘सूत्र’मा पनि प्रविष्ट गराउनु पर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस