नाइजेरियामा बस दुर्घटना, ३७ जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नाइजेरियामा बस दुर्घटना, ३७ जनाको मृत्यु


७ मंसिर २०७९, बुधबार


अबुजा । नाइजेरियामा मङ्गलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए । यसरी बस जुध्दा ती बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि ३७ जनाको ज्यान गएको यहाँको प्रान्तीय प्रहरीले जानकारी दिएको छ ।

बोर्नो प्रान्तको प्रान्तीय ट्राफिक प्रहरीका कमाण्डर उतेन बोइले सडकमा दुई तर्फबाट आएका बस आपसमा ठोक्किन पुगेका बताएका छन् ।

यसरी बस ठोक्किँदा बसमा आगो लागेको उनले बताएका छन् । बसमा आगो लागेपछि त्यहाँका अधिकांश यात्रुको जलेर मृत्यु भएको बताइएको छ । बोर्नो राज्यको माइदुगुरी सडकमा यस्तो दुर्घटना भएको हो ।दुवै बस द्रुतगतिमा गुडेका र आपसमा गति गुमाउन पुगेका बताइएको छ । सडकमा बस ठोक्किएर निकै परसम्म पुगेको थियो । यसबाट दुर्घटनास्थलमै धेरैको ज्यान गएको थियो ।

नाइजेरियामा यस्ता सडक दुर्घटनाहरु प्राय : हुने गरेका बताइन्छ । खासगरी खराब अवस्थामा रहेका सडकहरु तथा यहाँका चालकहरुले भद्रगोल रुपमा सवारी हाँक्ने गरेकाले यस्ता दुर्घटनाहरु हुने गरेका प्रहरीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस