काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले मतान्तर घटाउँदै लगेका छन् । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेपनि माओवादीका गुरुङले मतान्तर ह्वात्तै घटाएका हुन् ।
पृथ्वीसुब्बा देव गुरुङभन्दा १ हजार ९ सय ९ मतले अगाडि थिए । तर अहिले ८ सय ११ मत मात्र मतान्तर छ। एमालेका गुरुङले १७ हजार ५ सय ६२ मत गन्दा देवप्रसाद गुरुङले १६ हजार ७ सय ५१ मत ल्याएका छन् । उनीहरूबीच ८ सय ११ मतान्तर छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ३२ सय २४ मत ल्याएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लमजुङमा कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता थिए । तर ८० हजार ४ सय ४८ मत मात्र खसेको छ ।







