झापा-५ मा काँग्रेसका अधिकारीलाई दोब्बर मतले पछि पार्दै ओली  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

झापा-५ मा काँग्रेसका अधिकारीलाई दोब्बर मतले पछि पार्दै ओली 


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । झापाको क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम राखेका छन्।

पछिल्लो मत परिणामअनुसार ओलीले १५ हजार ५१० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत प्राप्त गरेका छन्।

दुवैबीच ६५५५ मतान्तर रहेको छ।

अहिलेसम्म ३१ हजार १ मत गनिसकिएको छ। मतगणना जारी नै छ।

Tags :
प्रतिक्रिया दिनुहोस