मालपोतका उपसचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo ६ चैत्र २०७९, सोमबार
   

मालपोतका उपसचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा तत्कालीन उपसचिव परशुराम अधिकारी विरुद्ध मुद्दा दायर गरिएको हो । 

उनले काठमाडौँ महानगरपालिका-१६ को कित्ता नं १३९९ को ९१.३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले जनाएको छ। अख्तियारले २१ लाख ३० हजार ३८१ रुपैयाँ बिगो माग गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

तत्कालीन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालीन नायब सुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसाल, जग्गाधनी बन्ने भक्तरत्न तुलाधर, शशि तुलाधर, रानु र दिव्य तुलाधरसहित ८ जनाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस