जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक संसदीय निर्वाचन लडेका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।

नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले १४९ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस