गोरखा क्षेत्र नं २ : माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

गोरखा क्षेत्र नं २ : माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता


६ मंसिर २०७९, मंगलबार


गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उनले तीन हजार सात सय ८५ मत प्राप्त गरेका छन् । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ९ सय ३५ मतका साथ पछ्याई रहेका छन् । त्यस्तै नेकपा ९एमाले०का अब्दुस सलाम मियाँले अहिलेसम्म आठ सय ६४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फ माओवादी केन्द्रले एक हजार सात सय ९४ नेपाली कांग्रेस एक हजार ६३, नेकपा (एमाले)ले दुई सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई सय ७४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।

त्यस्तै गरी, प्रदेशसभातर्फ समानुपातिमा २ ९१० मा माओवादी केन्द्रले एक हजार चार सय ७८ मत र एमालेले सात सय ७८ मत प्राप्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस